जन्ती बोकेको बसमा करेन्ट लगदा ९ जनाको मृतु ३० भन्दा बढी घाइते

माघ ११,धनुषा – धनुषाको सबैला नगरपालिका बल्टियाकोठीयामा बस पोलमा ठोक्किदा करेन्ट लागेर घटनास्थलमै ९ जनाको मृत्यु भएको हो। ना ५ ख १७५२ नम्बरको जन्ती बोकेको बस ११ हजार भोल्टको करेन्ट प्रवाह भएको विजुलीको पोलमा ठोक्किएको थियो ।

बस सिन्धुलीको दुधौलीबाट जन्ती बोकेर धनुषा आइरहेको थियो । धनुषाका एसपी गोविन्द थपलीयाका अनुसार दुर्घटनामा अन्य ३० जना घाइते भएका छन्। बसमा ४० जना भन्दा बढी सवार थिय ,थप विवरण आउन बाँकी छ।