मालभाक ट्रक पल्टाउने हावाहुरीले धान्ला त पिडितलाई यस्ता घर ,,
चैत २४ , काठमान्डौ – गत आईतबार आएको आँधी हुरीले बार र पर्सामा उजाडनै पार्यो , २९ जनाको ज्यान लियो , हजारौको संख्यामा घाईते बनायो निर्माण गरिएका ठुला ठुला घर मात्र नभई रोकी राखेका मालबाहक ट्रक बसनै उडायो।
अहिले प्रभावित क्षेत्र उजाडमाय देखिन्छ ,आँधी र हुरीबाट पिडितलाई भनेर सरकार , प्रदेश सरकार विभिन्न क्षेत्रबाट सहयोगको प्रक्रिया चलेको छ ।साथै पिडितलाई भनेर टेन्ट हाउस निर्माण गर्न लागिएको छ ।
उदण्ड मचाउने गरि आएको आँधीले के यस्ता घरलाई बचाउला वा पिडित सुरक्षित हुन सक्लान त ? यो सबैको दु:खको विषय हो ।आकाशमा कालो बादल देख्न बितिकै डराउने स्थानिय पिडितहरु रात भर सुत्दैनन ।
, खान त बिस्कुट र चाउचाउको भरमा बचेका पिडितको कहाली लाग्दो जिबन बनेको छ ।हावा हुरी फेरी पनि आयोभाने विकल्प केहि पनि छैन। बासस्थानको समस्या बालबालिका र वृद्धवृद्धालाई बढी छ ।
तराईमा अहिले निकै गर्मि छ चाहरी बस्ने रुख हरु हावाले उडाउदै लग्यो यसको बारेमा सरकारले तत्काल गम्भीर अवस्थाले सोच्न पर्ने जरुरि देखिन्छ ।
पिडितलाई राहत वितरणमा दुरुपयोग भइरहेको गुनासो पनि आएपछि पालिका बैठकले परिचयपक्र लागू गर्ने निर्णय गर्दै शुत्रबारबाटै परिचयपत्र वितरण गर्न सुरु गरेको हो ।हाल सम्म ३०० पिडितलाई परिचयपत्र वितरण गरेको पालिकाले जानकारी गरेको छ ।