भारतबाट घर आउँदा नाकामा सुर्खेतका युवाहरुमा लुटपात
माघ १

काठमान्डौ – अपरिचित व्याक्तीले दिएको खाने कुरा खादा भारतको बनबासामा सुर्खेतका युवाहरु लुटिएका छन।
भारतको गडुवालबाट घर आउदै गर्दा महेन्द्रनगर बनबासा नाकामा अपरिचित व्याक्तीले दियको खानेकुरा खायपछी उनिहरु बेहोस भएको र त्यस्पछी उनिहरु होसमा आउँदा सबै लुटिएको जानकारी हुन आएको हो।
ती मध्य सुर्खेत गुर्भाकोट नगरपालिकाका तारा पुन भने अझै सम्म सम्पर्क विहिन रहेको खुलेको छ।


सङ्गै आयका साथी पुरै लुटियको अवस्थामा कोहोलपुर नजिकै बानियाभार भन्ने ठाउमा समपर्कमा आयको र तारा पुन अझै सम्पर्कमा नआएपछी परिवार तनावमा रहेका छन।
भारतका नाकामा नेपालीहरुलाई पटक पटक लुट्ने क्रम जारी नै छ। रुपैडिहा , बनबासा , गोरखपुर ,लगायतका नाकामा नेपालीहरु दैनिक जस्तो लुटिने गरेका छन। यो जानकारीमा भने सरकार सम्बन्धित प्रशासन मौन रहेको छ।
नाम तारा पुन
जिल्ला सुर्खेत
गुर्भाकोट नगरपालिका
समपर्क न 9844170731
9868228813
9868237164
