बसुन्धरामा सकेट बम फेला पर्यो ,,

चैत २५ , काठमान्डौ – राजधानीको बसुन्धरामा सकेट बाम फेला परेको महानगरीय प्रहरी कार्यालय प्रवक्ता एसएपी श्याम ज्ञवालीले पुष्टि बताएक छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वसन्त लामाका अनुसार ओसिस क्याफे पछाडि रहेको एक घरमा तीन तलामाथि रहेको कार्यालयमा सकेट बम भेटिएको हो ।

उनका अनुसार सांस्कृतिक कार्यक्रमका लागि कोरिया पठाउने ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालयमा बम भेटिएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले अनुसन्धान थालेको छ ।

lekbesi

हाल नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ जाँदैछ । हाल अनुसन्धानका क्रममा कार्यालयमा आएका ५ जना सेवाग्राहीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । कार्यालयका सञ्चालक भने डम्बर विसी हुन् ।

उनी पाटन हस्पिटल, ललितपुरमा उपचाररत् छन् । यो भन्दा अगाडी फागुन २४ मा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा प्रेसर कुकर बम विष्फोट गराइएको थियो ।