देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै ,,

Naumule

वैशाख ६ , काठमान्डौ – आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन सुरु गरिएको छ । वैशाख ६ र ७ गते दुई दिन सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि कार्यक्रममा देशभरका ५० लाख २५ हजार ३८३ जना बालबालिकालाई खुवाइने सरकारको योजना रहेको छ ।

हाल देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउनको लागि ३६ हजार बुथमा करिब ५२ हजार स्वयसेविका परिचालन गरिएको छ ।भिटामिन ‘ए’ ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइने छ भने जुकाको औषधि १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २६ लाख ६८ हजार ५ सय ४० जना र जुकाको औषधि २३ लाख ५६ हजार ८ सय ४३ जना बालबालिकालाई खुवाइने नेपाल सरकार भिटामिन ‘ए’ कार्यक्रमका केदार पराजुलीले जानकारी दिए ।

 

Gurvakot

भिटामिन ‘ए’ कार्यक्रमसँगै बालबालिकाको पाखुराको नाप लिने काम पनि भइरहेको छ । बालबालिकाका पाखुराको नाप लिने क्रममा रातो, पहेँलो र हरियो रंगको चिन्ह राखिएको छ ।

बालबालिकाको स्वास्थ्यमा धेरै समस्या छ भन्ने रातो चिन्हले जनाउँछ भने पहेँलो चिन्हले बालबालिकालाई पोषण नमिलेको जानकारी दिन्छ । यस्तै हरियो चिन्हले बालबालिकाको स्वास्थ्य अवस्थामा सामान्य रहेको भन्ने बुझिन्छ ।

भिटामिन ‘ए’ कार्यक्रममा पाखुरा नाप्ने क्रममा रातो चिन्ह देखिएको बालबालिकालाई तुरुन्त उपचारमा पठाइने छ । अविभावकलाई पोषणको बारेमा पनि जानकारी गराइने छ ।

यसै दौरान बालबालिकालाई पोषणतत्व बालभिटा वितरण कार्यक्रम पनि रहेको छ ।दुई दिने भिटामिन ‘ए’ कार्यक्रममा ७ देखि ८ करोड बराबरको बजेट लाग्ने सरकारको अनुमान छ ।

Bangad kupinde