surkhet

राष्ट्रपति विद्यादेवी भण्डारी चिन भ्रमण जाने ,,

surkhet

वैशाख ६ , काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ देखि चीन भ्रमणजाने भएकी छन्। भण्डारी चिनमा ९ दिने राजकीय भ्रमणको लागि जाने परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारि गरि उल्लेख गरेको छ ।

समकक्षी सी चिनफिङको निमन्त्रणामा उनि चिन जान लागेकी हुन् राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडललगायत अधिकारीहरू चीन जाने भएका छन्।

बेइजिङमा भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिने र सम्बोधन गर्ने कार्यक्रम छ। उनी राष्ट्रपति सीले आयोजना गरेको भोजमा पनि सहभागी हुनेछन्।

Dailekh
Gorkha

बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।बिआरआईको दोस्रो शिखर सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ।सियान भ्रमण सकेर राष्ट्रपति बेइजिङ जाने छन्।

त्यहाँ उनी बिआरआईको दोस्रो शिखर सम्मेलनमा सहभागी हुनेछन्।दुई राष्ट्रपतिको भेटमा तीन वर्षअघि भएको नेपाल-चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुन्छ,’ मन्त्री ज्ञवालीले भने।

यसअघि गत भदौमा नेपाल र चीनले सम्झौताको प्रोटोकल टुंग्याएका थिए। उक्त प्रोटोकल अनुसार नेपालले चीनका ४ सामुद्रीक र ३ सुख्खा बन्दरगाह प्रयोग गरी सामान ल्याउने सक्नेछ।वाणिज्य मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रोटोकलमा हस्ताक्षर गर्नेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाइसकेको जानकारी दिए।

राष्ट्रपति भण्डारी अप्रिल २९ मा बेइजिङनजिकै सुरू हुने बागबनी प्रदर्शनीमा पनि सहभागी हुने तय भएको छ।बेइजिङ भ्रमण सकेर राष्ट्रपति भण्डारी चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा आउनेछन्। भण्डारी तिब्बत भ्रमण सकेर वैशाख १९ गते स्वदेश फर्किने कार्यक्रम छ।

salyan