नवलपरासीको प्रतापपुरमा जेष्ठ नागरिकलाई सम्मान ,

असार ४ नवलपरासी पश्चिम रंग दर्पण – नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाको वार्ड नं.-८ पिपरपातीमा वडमा रहेको जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम गरिएको छ ।

प्रतापपुर गागपालिका वडा नं.-८ को सहयोग र नेपाल आदिवासी जनजाति महासंघ प्रतापपुर गाउपालिका वडा नं.-८ समन्वय परिषदको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अहिले सम्म घरमा बत्ती नबलेको मिटर जडान गर्न क्षमता नभएको गरिबको वडा कार्यालयले पठाएको नामावली अनुसार चाडै चार बत्ती बल्ने सोलर लाइट वितरण गरिने प्रतापपुर गाउपालिकाको अध्यक्ष राजकुमार शर्माले बताएका छन ।

जेष्ठ नागरिकहरुलाई रातीमा शौचालयमा जान सजिलोका लागि र लामखुट्टेबाट सर्ने मलेरिया टाइफाइड जस्ता रोगबाट जोगाउने उद्देश्यले सम्मान स्वरूप वडा भित्र रहेकोे १ सय ५८ जेष्ठ नागरिकहरुलाई झुल र टर्च लाईट वितरण गरिएको प्रतापपुर गाउँपालिका वार्ड नं.-८ का वडाध्यक्ष कादिर अलि अंसारीले जानकारी गराएका छन ।

उक्त कार्यक्रममा प्रतापपुर गाउँपालिकाका वडा नं.-८ का सदस्य निजामुदिन अंसारी, घुरे पाल, कमला चौधरी, रेश्मी हरिजन र नेपाल आदिवासी जनजाति महासंघ प्रतापपुर गाउपालिका समन्वय परिषदको सचिव सन्त चौधरी लगायतको उपस्थिति र शुभकामना मन्तव्यको साथ सम्पन्न भएको हो ।

अंगद यादव/नवलपरासी पश्चिम ,,