surkhet

प्रदेश प्रमुखको विषयमा सोचिन्छ ओली

surkhet

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले बुधबार सरकारले  नियुक्त गरेका प्रदेश प्रमुख नयाँ सरकारले हटाउने संकेत गरेका छन् ।

साता दिन लामो उपचारपछि काठमाडौं फर्किएका ओलीले बिहीबार दिउँसो त्रिभूवन अनतर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँ कुरा गर्दै उपयुक्त समयमा प्रदेश प्रमुख बारे सोचिने बताए। पहिलो सहमतिमा प्रदेश प्रमुख नियुक्त गरौं भन्यौं, उहाँहरुले वास्ता गर्नुभएन, उनले भने, अप्ठ्यारो फुकाउन सहमति दिएका थियौं  उहाँहरुले नियुक्त गर्नुभएको छ, उपयुक्त समयमा के गर्ने भन्ने सोचिन्छ।

सरकारले १ नम्बर प्रदेशबाट कांग्रेस नेता डा. गोविन्द सुब्बा, २ बाट संघीय समाजवादी फोरमका नेता एवं पूर्वसचिव रत्नेश्वरलाल कायस्थ, ३ बाट चुनावअघि कांग्रेस प्रवेश गरेकी माइती नेपालकी अनुराधा कोइराला, ४ मा पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवर, ५ मा पूर्वमन्त्री उमाकान्त झा, ६ मा कांग्रेस सुर्खेतका संस्थापक दुर्गाप्रसाद खनाल र ७ मा कांग्रेस नेता मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो।

Dailekh
Gorkha

ओलीले सरकारले आफ्नो विधिअनुसार प्रदेश प्रमुख नियुक्त गर्ने भएकाले सहमति दिएको तर व्यक्तिको विषयमा कुनै समझदारी नभएको बताए।

अहिले प्रदेश राजधानीमा भइरहेको आन्दोलन समाधान नभएको बताउँदै अध्यक्ष ओलीले प्रदेशसभाबाट टुंग्याउन सकिने धारणा राखे।

एमाले र माओवादी केन्द्रबीच एकता वार्ता चलिरहेको उल्लेख गर्दै छिटोभन्दा छिटो पार्टी एकता गर्ने ओलीको भनाइ थियो।

 

साभार कान्तिपुर

 

salyan