पुनर्निर्माण रानीपोखरीको ऐतिहासिक वस्तुहरु मेटाएको भन्दै प्रहरीमा उजुरी,,

रंग दर्पण २१ फागुन, काठमाडौं : रानीपोखरी पुनर्निमाण गर्दा ऐतिहासिक तथा पुरातात्विक वस्तुहरु मेटाएको भन्दै काठमाडौं स्कुल अफ लका विद्यार्थी, वकिल, पत्रकार, नागरिक समाजका अभियन्ता लगायतले जाहेरी दिएका हुन् ।

पुनर्निमाण गर्दा प्रताप मल्लले बनाएको ऐतिहासिक वस्तुहरुलाई मेटेर कङ्क्रिट बनाएको भन्दै त्यसमा संलग्न ठेकेदार, काठमाडौं महानगरपालिका र पुरातत्व विभागका कर्मचारी लगायतलाई कारबाही गर्न माग गरिएको छ ।

प्राचिक सम्पदा, पुरात्विक महत्वका वस्तु वा क्षेत्र नासे, विगारेमा अपराध हुने प्राचिन स्मारक ऐन, २०१३ मा उल्लेख छ । जाहेरी दिनेहरुले महानगरपालिका लगायतलाई ऐन अनुसार कारबाहीको माग गरेको परिसरका डिएसपी मोहन थापाले जानकारी दिय रिपोर्ट परेकोछ प्राचिन तत्वो मेटियको हो हैन भन्ने छानबिन गरेर मात्र भनछौ उहाको भनाई रह्यो ।