Gold

केहो ड्रागन फल खेती किलोको २५ सय भन्दा माथि,रंग दर्पण ,

Naumule Migrate

भदौ ७ , काठमान्डौ – हाल नेपालमा विभिन्न प्रजाति वा प्रकारका फलफुलखेति हुन सुरु गरेका छन् । ति मध्ये अहिले नेपालमा सुरु भयको फल हो ड्रागन ।अर्थात सिउँडी प्रजातीको फल।

दक्षिण अमेरिकाको मेक्सीकोमा उत्पति भएको यो फल हाल दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ ।

प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । यसको फूल फुलेको ४५ दिनमा फल तयार हुनेगर्दछ नेपाली बजारमा १ हजार देखि
२५ सय रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ।

ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । जो जेठदेखि असोज-कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।

तराईदेखी उच्च पहाडी जमिन सम्म खेति गर्नसकिने यो फललाई समुन्द्री सतह देखी करिब ३००० मिटर सम्म यसको खेती गर्न सकिन्छ । ड्रागन खेतिको लागी पानी आवश्यक नपर्ने हुँदा धेरै सुक्खा ठाउँहरुमा पनि यसलाईइ मज्जाले फलाउन सकिन्छ ।

यो फल मिठो मात्र औषधिय गुणलेपनि पूर्ण मानिन्छ । ड्रागनको प्रयोगले हाम्रो पेट , पब्जियत लगाएत्का बिरामी हरि सन्चो पार्नुका साथै यो फलबाट आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ भने यसको मुन्टाको गजबको तरकारी बन्छ ।

यो बिरुवा एकचोटी लगाए पछी केहि बर्षा पछी एउटै बिरुवा बाट दशौ बिरुवा निकाल्न सकिन्छ। हाल नेपालको काभ्रेपलान्चोकको नामोबुद्दा नगरपालिका वडा न . २ जबेदी फेदीमा यसको खेति गरिएको छ। जसको खेति रेश्लाल श्रेष्ठले गरेका ।हुन्।

 

Naumule Badhipahiro