मन्त्रीको गाडीमा ट्राफिकले लगायो ह्विल लक ,,

भदौ ११ , काठमान्डौ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक लगाएको छ।
]मन्त्री महासेठ चढ्ने बा २ झ ४८६२ नम्बरको गाडीमा नयाँ बानेश्वरमा बुधबार अनधिकृत रुपमा गाडी पार्किङ गरेको भेटिएपछि ट्राफिक प्रहरीले ह्विल लक गरेको हो।

नो पार्किङ एरियामा पार्किङ गरी राखिएकाले कारबाही गरिएको हो । नियन भनेको सबैलाई एउटै हो ठुलालाई नियम लागु नहुने भन्ने हुन ट्राफिक श्रोतले भन्यो ,गत असार ११ गते गृह प्रवक्ताको गाडीमा पनि ट्राफिकले ह्विल लक गरेको थियो।

.
