Gold

नेकपा सल्यानको स्थानिय तहमा पार्टी नेतृत्वको टुंगो लाग्यो ,

Naumule Migrate

भदौ ११ , सल्यान – नेकपा सल्यानले स्थानीय तहमा पार्टी नेतृत्वको टुंगो लगाएको छ । पार्टीको जिल्ला कमिटिको दाेस्राे पुर्ण बैठकले जिल्लाका १० वटै स्थानिय तहमा सर्वसहमतिका अाधारमा अध्यक्ष तथा सचिवका टुंगो लगाएको हो ।

पुर्व एमालेबाट अध्यक्ष हुने स्थानिय तहमा पुर्व माओवादीबाट सचिव र पुर्व माओवादीको अध्यक्ष हुने स्थानिय तहमा एमालेबाट सचिव गरेर विवादित रहित नेतृत्व बाँड फाँड भयको हो।

बुधबारको बैठकले स्थानिय तहका नेतृत्व चयन संगै दुवै पार्टिको जिन्सि तथा नगद एउटै बनाउने र दशै तिहारको शुभकामना कार्यक्रम राख्ने निर्णय गरेको नेकपा जिल्ला सदस्य हिमाल यात्रीले जानकारी दिए ।

जिल्ला अध्यक्ष बनगाड कुपिण्डे नगरपालिकाक मेयर गोविन्द पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सचिव कर्ण बहादु्र बुढाथोकी (छहारीले) गरेका थिए ।

बैठक नेकपा प्रदेश सह इन्चार्ज यमालाल कडेलको प्रमुख आतिथ्यतामा बसेको हो बैठकमा केन्दिैय सदस्य तथा अर्का सह इन्चार्ज प्रकाश ज्वाला, जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत र सह इन्चार्ज गुलावजंग शाह लगायतले मन्तव्य राखेका थिए ।

सल्यानका ८३ वडाहरु मध्ये ४२ एमाले र ४१ माओवादीको जिम्मामा परेका छन ।

बागचौर नगरपालिका
अध्यक्ष -घनश्याम शर्मा -सचिब-लाेकमान बुढाथोकी ,
२.शिद्ध कुमाख गा पा,
अध्यक्ष -जित वहादुर चलाउने सचिव-राम वहादुर बस्नेत ,
३.छत्रेश्वरि गा पा,
अध्यक्ष -अाेज वहादुर बुढाथोकी – सचिव प्रेम वहादुर खड्का ,
४.त्रिवेणी गा पा,
अध्यक्ष – लोकेन्द्र खडका – सचिव अजय राेकाय,
५.कपुरकाेट गा पा,
अध्यक्ष घनश्याम शर्मा सचिव तिर्थराज बस्नेत ,
पुर्व माअाेवादिकाे भागमा,
६.बनगाड कुपिन्डे न पा,
कृर्ति वहादुर राना सचिव गन्जमान बुढा,
७.कालिमाटी गा पा,
अध्यक्ष शालिकराम भट्टराई सचिव गेहेन्द्र के सि,
८.कुमाख गा पा,
अध्यक्ष चन्द्र वहादुर राना सचिव भैरब वहादुर शाह,
९.दार्मा गा पा,
अध्यक्ष -अस्मि बुढाथोकी सचिव-दल वहादुर के सि
१०.शारदा न पा,
अध्यक्ष – नवीनसि भडेल सचिव याेवन प्रकाश श्रेष्ठ ,
परेकाे छ।

वडाहरु

१.बागचौर नगरपालिका ,
पुर्व ऐमालेकाे भागमा -२,५,९,१०,१२
पुर्व माअाेवादिकाे भागमा-१,३,४,६,७,८,११
२.शिद्ध कुमाख गा पा
पुर्व ऐमालेकाे भागमा -३,४,५
पुर्व माअाेवादिकाे भागमा-१,२
३.छत्रेश्वरि गा पा
पुर्व ऐमालेकाे भागमा -३,४,५
पुर्व माअाेवादिकाे भागमा-१,२,६,७
४.त्रिवेणी गा पा
पुर्व ऐमालेकाे भागमा -१,४,५
पुर्व माअाेवादिकाे भागमा-२,३,६
५.कपुरकाेट गा पा
पुर्व ऐमालेकाे भागमा -३,४,५
पुर्व माअाेवादिकाे भागमा-१,२,६

६.बनगाड कुपिन्डे न पा
पुर्व ऐमालेकाे भागमा -१,३,४,७,९,१०,१२
पुर्व माअाेवादिकाे भागमा-२,५,६,८,११
७.कालिमाटी गा पा
पुर्व ऐमालेकाे भागमा -१,२,३,४
पुर्व माअाेवादिकाे भागमा-५,६,७
८.कुमाख गा पा
पुर्व ऐमालेकाे भागमा -१,३,६
पुर्व माअाेवादिकाे भागमा-२,४,५,७
९.दार्मा गा पा
पुर्व ऐमालेकाे भागमा -१,३,६,
पुर्व माअाेवादिकाे भागमा-२,४,५
१०.शारदा न पा
पुर्व ऐमालेकाे भागमा -१,२,५,६,८,११,१२,१४
पुर्व माअाेवादिकाे भागमा-३,४,७,९,१०,१३,१५

 

Naumule Badhipahiro