एटीएम ह्याकर पाँच चिनियाँ पक्राउ, एकै दिनमा दुई करोड चोरी,,
भदौ १५ , काठमान्डौ – विभिन्न बैंकको एटीएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ ।
काठमाडौं परिसर टेकुको टोलीले आइतबार दरबारमार्गस्थित नबिल बैंकको एटीएममा पैसा निकालिरहेको अवस्थामा चिनियाँ नागरिक चु ल्याङयाङलाई पक्राउ गरेपछि ह्याकरको गिरोह फेला परेको हो ।
राजधानीका विभिन्न ठाउँबाट करिब दुई करोड रुपैयासहित पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार उनीहरुको साथबाट १३२ थान नक्कली एटीएम बरामद गरिएको छ ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक लो च्याल, चु ल्याङया, छिल यूनछिङ, छन पिङपिलाईरहेका छन् । प्रहरीले उनीहरुको साथबाट सक्कली एटीएम १७, कार्ड पिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ था र सामसुङ मोबाइल १ थान बरामद गरेको छ ।
पाँच चिनियाँ पक्राउ परे पनि यिनीहरुको सञ्जाल काठमाडौंमा ठुलो भएको प्रहरीले आशंका गरेको छ । त्यसमध्ये परिचय खुलेका दुईजना भाग्न सफल भएका छन् । उनीहरुलाई पक्राउ गर्न प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललगायतका नाकामा उनीहरुको सूची उपलब्ध गराएको छ ।