रिचार्ज कार्ड घूस लिने प्रहरी विरुद्ध मुद्दा ,,

भदौ १५ , काठमान्डौ – रिचार्ज कार्ड घूस लिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका दुई ट्राफिक प्रहरीविरुद्ध आइतबार विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका हवल्दार रामहरि मानन्धर र जवान हरिचन्द्र बानियाँविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

मेलम्चीबाट काठमाडौंमा बालुवा, गिट्टी लिई आउने गाडी चालकलाई धम्काई घूसबापत लिएको २ हजार रुपैयाँ बराबरको रिचार्ज कार्डसहित अक्तियारले रंगेहात पक्राउ गरेको थियो ।

मानन्धरसित १२ सय र बानियाँसित मोबाइलको रिचार्ज कार्ड भेटिएको र त्यो घूसबापत लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
