surkhet

स्पेनबाट नेपालको एटीएम ह्याक,,

surkhet

भदौ १६ , काठमान्डौ – चिनियाँ ह्याकर पक्राउ परेसंगै बैङ्किङ्ग प्रणालीमा कसरि आक्रामक भयो भन्ने रहस्य खुलेको छ ।बैंकिङ प्रणालीमा ‘मालवेर’ आक्रमण गरेर करिब दुई करोड रुपैयाँ लुट्ने योजनकारले स्पेनमा बसेर नेपालमा समूह परिचालन गरेको खुलासा भएको छ ।

शनिबार मध्यराति काठमाडाैं प्रहरी परिसर, टेकुले चलाएको अपरेशनका क्रममा पक्राउ परेका अभियुक्तले नाइके स्पेनमा रहेको बयान दिएका हुन् ।शुक्रबार साँझ एयर चाइनाको उडानमार्फत काठमाडौं ओर्लिएका झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ नाइकेले भाडामा प्रयोग गरेका व्यक्तिमात्रै भएको अनुसन्धानका क्रममा खुलेको छ ।

ती व्यक्ति चिनियाँ नागरिक नै रहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। ति ब्याकी स्पेनमा बसेर नेपालमा पैसा निकाल्ने ब्याक्ति परिचालन गरेको खुल्न आएको हो तेस्तै प्रहरीले सीसीटीभी फुटेजको आधारमा अर्का एक चिनियाँ नागरिकलाई पनि विमानस्थलबाट पक्राउ गरेको छ ।

Dailekh

पक्राउ परेकाहरुमध्ये अधिकांश पहिलो पटक नेपाल आएका हुन् । योजनाकारसँग भएको सहमतिअनुरुप उनीहरु शनिबार एटीएमबाट लाखौं निकालेपछि माया मनोहर बुटिक होटलबाट अन्यत्र सर्ने योजनामा थिए । आइतबार फर्किनलाई उनीहरुको टिकट थियो ।

नेपालमा होटेलमा बस्नलाई पनि अनलाईन बाटै भयको श्रोतले अनुसन्धानमा पत्ता लागाएको छ त्यसतर्फ पनि अनुसन्धान गरिरहेका छांै । तर, यो पाटोको अनुसन्धान त्यति सहज नभयको अनुसन्धान कर्ता बताउछन ।

Gorkha

पक्राउ परेकामध्ये लियांग प्रविधिमा समेत दख्खल राख्छन् ।उनले नै स्पेनमा रहेका ‘मास्टरमाइन्ड’सँग ल्यापटपमार्फत कम्युनिकेट गर्ने गरेको देखिएको अनुसन्धान अधिकृत स्रोत बताउँछ ।‘

विदेशमा रहेको व्यक्तिबाट प्राप्त कोडलाई नक्कली एटीएममा उनैले इन्स्टल गर्ने गरेको देखिएको छ इन्स्टल गरेपछि सबै बाहिर एक्टिभेट भएको खुलेको छ ।

दुईसमहुमा खटिएको यो टोलिमा एक टोलीले पैसा निकाल्ने र अर्कोटोलिले पैसा लगेर होटलमा जम्मा गर्ने गरेको खुलेको छ।ह्याकर टोलीले दरबारमार्ग स्थित नबिल बैंकको एटिमएममा पैसा निकाली रहेको बेला ए टिएम बाट अस्वाभाविक ढंगले पैसा निक्लीरहेको बेला प्रहरीले यो टोलीको योजना विफल पारेको थियो।

अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेका व्यक्तिलाई अपरेशन सफल बनाएर फर्किए प्रतिव्यक्ति १० हजार युआन दिने सहमति भएको थियो । सहमतिअनुसार नेपालबाट लुटिएको रकमको १० प्रतिशत कमिसन पनि दिने भनिएको थियो ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार ह्याकरले बैंकिङ प्रणालीको स्वीचमै आक्रमण गरेर एक करोड ७६ लाख रुपैयाँ झिकेका थिए । यो रकम सर्वसाधारणको निक्षेपबाट भने नझिकिएको अधिकारीहरुको दाबी छ ।प्रहरीले भने एक करोड २६ लाख २९ हजार रुपैयाँ मात्रै बरामद गरेको छ ।

बाँकी रकम फरार रहेका तीन जनासँग हुनसक्ने आशंका गरिएको छ ।शनिबार रातभरि एटीएमबाट लुट मच्चाएपछि ब्ल्याक मार्केटमा डलर साटेर चीन लैजाने योजना रहेको त्यो टोलीलाई प्रहरीले थोरै ढिला गरेको भय सबै फुत्किने अनुसन्धान टोलि बताउछ ।

salyan