सावधान डेंगु भन्दा अर्को खतरनाक स्क्रबटाइफस किरा जसले टोक्यो भने सिधै मुटु वा फोक्सोमा असर भई ज्यान जान सक्छ rangadarpan

असोज १ , काठमान्डौ – अहिले बजारमा जताततै डेंगुको प्रकोप छ ।जसले गर्दा धेरै ब्याक्ति प्रभावित छन् ,अहिले डेंगुसंगै स्क्रब टाइफसको प्रकोप पनि फैलिएको चिकित्सकले जानकारी गरेका छन् ।

मनसुन अर्थात वर्षायाममा झाडी, भकारी, जंगल, घाँसपातमा मुसामा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस सर्दछ । विशेषगरी मुसा र बिरालोको शरीरमा टाँसिएर रहने परजीवी किर्ना, उपियाँ, उडुस र जुम्राबाट यो रोग मानिसमा सर्ने गर्दछ।

घरपालुवा जनावर भएको घरका बिरामीलाई एक साताभन्दा बढी लगातार ज्वरो आएमा उनीहरूमा टाइफाइड या स्क्रब टाइफस भएको हुनसक्छ ।

यो रोग लागेमा अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु, टोकेको भागमा कालो दाग बस्ने हुन्छ ।

समयमा उपचार नगरे ज्वरो बढ्दै गएर मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै पछि श्वासप्रश्वासमा समस्या भएर बिरामीको ज्यान जान सक्छ  ।समयमै रोगको निदान गरेमा यसको उपचार सस्तो छ ।जसको लागि २ देखि ३ सय सम्मको सामान्य औषधि खाँदा यो रोग निको हुन्छ ।

डेंगुसंग यसका लक्षण धेरै मिल्ने भएकोले डेंगु परिक्षण गर्दा स्क्रब टाइफसको पनि परिक्षण गर्नु उपयुक्त हुन्छ । जनस्वास्थ्य प्रयोगशाला टेकुमा रु ५०० मा यसको परिक्षण गरिन्छ |

व्यक्तिगत सरसफाइसँगै घर वरपर सफा राख्ने तथा मुसा, किर्ना, सुलसुलेलगायतका किरा नियन्त्रण गर्ने, घर बाहिर काम गर्दा बुट तथा पंजा लगाउने आदिबाट यो रोग रोकथाम गर्न सकिन्छ । यो रोगबाट केहि बिरामीको मृत्यु समेत भएको छ ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञको सल्हाबाट ,