,महरा प्रकरण , प्रहरीले पिडित महिलालाई आएर जाहेरी दिन आग्रह गर्दा दिन मानिनन ,

असोज १४ काठमान्डौ – सभामुख कृष्ण बहादुर महरामाथि अहिले बलात्कार आरोप लागेको छ संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीले महरामाथि आफ्नै कोठामा आएर बलात्कार गरेको आरोप लगाएकी छन् ।सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोप गृहमन्त्री र सचिवद्वारा प्रहरीसँग छलफल चल्ने भयको छ। प्रहरीले तीनकुने चौकीमा आएर जाहेरी दिन आग्रह गरे पनि महिलाले सोमबार साँझसम्म जाहेरी नदिएको प्रहरी उच्च स्रोतले बतायो।

ती कर्मचारीले आइतबार राति महरा आफ्नो डेरामा आएर मादिरा सेवन गरेको र पछि जबरजस्ती करणी गरेको आरोप लगाएकी छन्।आइतबार साँझ सभामुख महराले ती कर्मचारीलाई फोन गरेर आफू उनीकहाँ आउन लागेको बताएका थिए।

आफूमाथि जबर्जस्ती करणी भएको कुरा ती महिला कर्मचारीले नेकपाका महिला नेतृहरु ओनसरी घर्ती र पम्फा भुसाललाई म्यासेज गरेर जानकारी गराएको बताएकी छन्। आफ्ना पति पनि नेकपामै रहेकाले महरा पहिले पनि आफ्नो कोठामा आएको उनको भनाइ छ।

महराले सोमबार बिहान आफूलाई ‘फरगेट एस्टरडे’ भन्ने म्यासेज पठाएर आइतबारको घटना बिर्सन र अघि नबढाउन भनेको ती महिला कर्मचारीले बताइन्। आफू बलात्कृत भएपछि उनले तुरुन्तै प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले राति नै आएर आफूसँग कुरा गरेको उनले बताएकी छन्।

महरामाथि लागेको बलात्कारको आरोपबारे नेपाल प्रहरीले गृह मन्त्रालयमा जानकारी गराइसकेको छ। गृह स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले यो विषयमा प्रहरी नेतृत्वसँग कुरा गरिसकेका छन्। यो केसमा सभामुख महराको गम्भीर समस्या देखिन्छ, सत्य के हो भोलिसम्ममा केस अघि बढ्छ होला,’ गृह श्रोतले भन्यो।

महराको सचिवालयले भने सोमबार विज्ञप्ति जारी गरी आरोपको खण्डन गरेको छ,,

सभामुखज्यूको बारेमा आएका भ्रामक समाचारबारे खण्डन,,

सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु ।

समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन । हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु ।

सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु ।

साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।

संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो । त

र कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए । सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ ।

यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन ।

उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।

मिति, २०७६।०६।१३

डिल्ली मल्ल
सभामुखज्यूको प्रेस सल्लाहकार