Gold

विजया दशमी टिकाको साइत १० :३५ बजे ,

Naumule Migrate

असोज १९ , काठमान्डौ – विजया दशमीको टिकाको साईत २१ गते बिहान १० :३५ बजेलाई नेपाल पञ्चांग निर्णायक समितिले सुभसाइत भनेको छ ।

साइत नै खोजेर दसैंको टीका लगाउनेका लागि उक्त समय उत्तम रहेको समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।

विजया दशमीको दिनभर नै टीकाजमरा लगाउन सकिने उनको भनाइ छ। देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ।

आज बडा दशैँको आठौ दिन महाअष्टमी पर्व, दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै छ ।बडादशैँको आठौँ दिन शनिबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाशनिबारा गरिन्छ ।

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

Naumule Badhipahiro