Gold

गुण्डा नाईके संग मिलेर अपराधीक क्रियाकलापमा लागेका डीएसपी कुमोद ढुंगेललाई पक्राउ गर्न अदालतको अनुमति,

Naumule Migrate

मङ्सिर १८ ,काठमान्डौ – निलम्बितमा परेका नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै जिल्ला अदालत काठमान्डौले डीएसपी ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको हो ।

गत चैत २६ गते रानीबारीमा भएको लुटपाट तथा चोरी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डीएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो ।

प्रहरी अनुसन्धानको क्रममा श्रेष्ठले घटना गराएको दिन डीएसपी ढुंगेललाई भेटेको बयान दिएका थिए ।हाल जेलमा रहेका गुण्डा नाइके समीरमान बस्नेतसँग समेत ढुङ्गेलको पटक-पटक सम्पर्क देखिएको प्रहरीको भनाइ छ ।

Naumule Badhipahiro