Simta
Gurvakot
Gurvakot

खेलको अन्तिम समयमा नेपाललाई श्रीलंकाको बराबारीमा गोल ,

मङ्सिर १८ ,काठमान्डौ – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालसंग श्रीलंकाले बराबरीमा खेलेको छ ।

दशरथ रंगशालाको कर्भडहलमा बुधबार भएको खेलमा नेपालले श्रीलंकासँग १-१ गोलको बराबरी खेलको हो ।पहिलो हाफको ३६ नेपालले श्रीलंकाविरुद्ध १-० गोलको अग्रता लिएको थियो ।

Simta

नेपालका लागि कप्‍तान सुजल श्रेष्ठले गोल गरेका थिए, श्रीलं‌काले दोस्रो हाफको इन्जुरी समय ४५ मिनेटमा बराबरी गोल गरेको हो । नेपालले मंगलबार भुटानविरुद्ध ४-० गोलले जित हात पारेको थियो ।

lekbesi

नेपालले दुई खेलबाट चार अंक प्राप्त गरेको छ भने श्रीलंकाले दुई खेलबाट दुई अंक जोडेको छ । नेपाल र श्रीलंका बीच भएको खेलमा केहि समयसम्म विवाद समेत भएको थियो आज नेपालले खेल्ने भनेपछि दशरथ रंगशाला दर्शकले भरिभराउ समेत थियो ।