प्रधानमन्त्री ओलीका कारण उपसभामुखको राजिनामा ढिलाई ,

पुष २५ ,काठमान्डौ – उपसभामुखको राजिनामा नआएपछि नेकपा भित्र सभामुख चयनको विषयमा फितलो बन्दै गएको छ ।

दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच सभामुखको टुंगो लागेको छैन भने यता उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा नआएका कारण सभामुख कसलाई बनाउने भन्ने विषय थप पेचिलो बन्दै गएको छ ।

,प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच सभामुखमा आ आफ्नो अडान छ ।

ओलीको प्रस्तवा पुर्व सभामुख सुवास नेम्वाङलाई छ भने प्रचण्डको प्रस्ताव अग्नि सापकोटा हुन् ।

,प्रधानमन्त्री ,रास्ट्रपति ,रास्ट्रियसभा पुर्व एमालेले पाईसकेको हुनाले सभामुख पुर्व माओवादीले पाउनुपर्ने दाहालको दाबि छ ,।

ओली भन्छन पहिले सभामुखको टुंगो लगाउ दाहाल भन्छन पहिले उपसभामुखको राजिनामा गराउ ।

,सभामुखको टुंगो लगाए उपसभामुखको राजिनामामा कुनै समस्या नहुने ओलीले बताएपनि पहिले उपसभामुखको राजिनामा आउन पर्नेमा दाहाल छन् ।

बुधबार दिउँसो संगठन विभाग प्रमुख वामदेव गौतम निवासमा भएको गोप्य छलफलमा दाहालले उपसभामुखको राजीनामालाई लिएर प्रधानमन्त्री ओली र आफूबीच रहेको मतभेदबारे सुनाएका थिए।

छलफलमा गौतमबाहेक अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ सहभागी थिए।

छलफलमा सहभागी एक नेताका अनुसार दाहालले उपसभामुखलाई राजीनामा नगराउँदा सभामुख चयन प्रक्रिया पेचिलो भएको बताएका थिए।

ती नेताका अनुसार प्रधानमन्त्री ओलीकै इशाराका कारण उपसभामुख तुम्बाहाङ्फेको राजीनामा आउन ढिला भएको विषयमा छलफलमा भएको थियो।

उपसभामुख तुम्बाहाङ्फेले पनि सभामुखमा चासो राखेकी छिन उनको पछि रास्ट्रपति विद्यादेवी भण्डारी सपोर्टर छिन ।

ओली र दाहालबीच दैनिकजसो वार्ता भएपनि सभामुखको विषय निष्कर्षमा पुगेको छैन।

संविधानमा सभामुख र उपसभामुख एउटै पार्टीको हुन व्यवस्था छ। त्यसैकारण सभामुख आफ्नो पार्टीको बनाउन नेकपाले उपसभामुख छाड्‌नै पर्ने बाध्यता छ।

पार्टी प्रवक्ता श्रेष्ठले उपसभामुखको राजीनामा आएपछि सभामुखको टुंगो लगाउन सजिलो हुने बताए।

आगामी सचिवालय वैठकमा उपसभामुखको राजीनामा छिटो गराउने विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

दुई अध्यक्ष ओली र दाहालबीच लगातार संवाद भएपनि नेकपाभित्र औपचारिक रुपमा सभामुख चयनको विषयले प्रवेश पाएको छैन्।

नेकपाले सभामुख खोज्न नसक्दा प्रतिनिधिसभा बन्धक बनेको छ। पुस ४ गते सुरु भएको संसदको बैठक तीनपटक सूचना टाँसेर स्थगित भइसकेको छ।प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते बोलाइएको छ।