बसभित्र अश्लिल हर्कत गर्ने युवक एक वर्ष पछि पक्राउ ,

पुष २९ ,काठमान्डौ – सार्वजनिक बसभित्र अश्लिल हर्कत गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ,।

अश्लिल हर्कतमा संलग्न युवालाई महाशाखाको टोलीले सोमबार चितवनबाट पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका   अनुसार उक्त ब्याक्तिलाई आज ११ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने छ। ,

एक वर्षअघि डल्लु-लगनखेल रूटमा चल्ने बसमा एक युवाले हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी एक महिलाको कपालमा विर्य स्खलन गरेको भिडिओ सार्वजनिक भएको थियो।

भिडिओ सार्वजनिक भएपछि युवतीहरूको एक समूहले महाशाखा पुगेर सार्वजनिक यातायात महिलाको लागि सुरक्षित नभएको भन्दै दोषी पक्राउ गर्न उजुरी दिएका थिए।

अपराध महाशाखाको तोलेली यो विषयमा गहन रुपमा अध्यन गरिरहेको थियो ,जसको लागि शाखाको टोलीले फेसबुक मुख्यालयसँगसमेत सहयोग मागेको थियो।