पारस शाहले विमानस्थलमा प्रहरी नायबलाई हात हाल्दा बोल्ने आँट आएन आस्था रावतलाई कारवाही किन ,
माघ ४ ,काठमान्डौ – नेपालको कानुनमा ठुलालाई ऐन र सानोलाई चैन ।आज बाट हैन सदियौ देखि चल्दै आएको छ ।
,घटना एउटै दुर्व्यवहारको एकै ठाँउ ,केही महिनाअघि पूर्वयुवराज पारस साहले विमानस्थलमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक (सई)माथि हातपातको प्रयास गरे ।
यस्तै गायिका आस्था राउतले पनि गत बुधबार फेसबुक लाइभमार्फत प्रहरीलाई तथानाम गाली गरिन् ।
उक्त घटना दुवैले विमास्थलमा गरे ,घटनाको प्रकृति एउटै हो दुर्व्यवहार तर पारस शाहलाई कसैले कारवाही गर्ने आँट गरेन र उनीमाथि उजुरीपनि गरिएन अब गायिका राउतविरुद्ध शुक्रबार उजुरी परेको छ ।
सरल भाषामा नेपालि जनताले के बुझ्ने यो कानुन गायिका आस्था रावतमाथि मात्र लागु भएको छ , ।
पारस पुर्वायुराज हुन् भने आस्था रावत गायिका पारस दिनरात सुरक्षा गार्डमा हिडछन् तर गायिका बढी भने स्कुटरमा नत्र पैदल हो ।
गत भदौ २ गते पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपातै नै गरेको भिडियो सामाजिक सञ्जालमार्फत नै सार्वजनिक भयो ।
आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक (सई) माथि हातपात गरेका थिए ।
सार्वजनिकस्थलमै पारसले बर्दीधारी प्रहरीमाथि हातपात गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका सई ईश्वर खत्रीमाथि पारसले हातपात गरेका हुन् ।
आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले ‘अपमान’ गरेको भन्दै पारसले सई खत्रीलाई छातीमा समातेर धकलेको भिडियो सार्वजनिक भएको थियो ।
भिडियोमा देखिएको दृश्य हेर्दा पनि पूर्वयुवराज पारस फर्की–फर्की सई खत्रीमाथि झम्टिएको देखिएको छ ।
त्यतिबेला सामाजिक सञ्जालमा जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि दुव्र्यवहार गर्ने पूर्वयुवराज पारसलाई कारबाही गर्न माग गरिएको थियो ।
यस्तो घटना सामान्य नागरिकले गर्थ्यो भने तत्काल पक्राउ पुर्जी जारि हुन्थ्यो तर पारश शाहको घटनामा भने नेपाल प्रहरी मौन रहयो ,र प्रहरी नाईब खत्रीले पनि उजुर गर्न हिक्मत गरेनन ।
,सायद यो घटनामा विमानस्थल प्रहरीलेनै गुन्मान गरेको हुनुपर्छ बल्कि उल्टै सामाजिक संजालमा नेतृत्वको नै चर्को आलोचना भएपछि तत्कालीन महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख शैलेश थापा क्षत्रीले घटनाको छानबिन प्रक्रिया अघि बढेको बताएका थिए ।
पछि पारसको घटना बुज्दा छानबिन भईरहेको भन्दै टारियो स्वत बुझ्ने कुरा यो घटनामा प्रहरी डरायो ,पारस पटक पटक यस्ता घटनामा छन् ।
उनले रातको १२ बजे ट्राफिकलाई तलाई राजा को हो भन्ने चिन्दैन भन्ने जस्ता मादक पदार्थ सेवन गरि आममानिसमा अमर्पित गरेका घटना सार्वजानिक छन् ।
कुनै बेला गायक प्रविण गुरुङ मृत्यु प्रकरणमा समेत पारसको नाम जोडिएको थियो । नेपालमा मात्र हैन पारसको नाम विदेशमा समेत यस्ता घटनामा आउने गरेको छ ।
,आस्थाको घटना विमास्थलमा सामान्य छ जो कि कफी लैजान नाम्मनु ,जाकेट मेसिनमा हालिसकेपछि के मा चेक हुन्छ त्यो सरकारलाई थाहा होला ।
अनि किन ज्याकेट प्रहरीलाई चहियो र तानियो यो प्रशनको जवाफ के हो? ,भिडियोमा राउतले प्रहरीलाई तुच्छ शब्दले गालीगलौज गरेकी छन् ।
यहाँसम्मकी ‘डण्ठे, प्यूसो, पुलिस हो कि सुलिस’ जस्ता शब्द राउतले प्रयोग गरेकी छन् ।
]कारबाही गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा राउतको चर्को आलोचना भएपछि विमानस्थलमा प्रहरी जवान श्रेष्ठ र राउतबीच भएको भिडियो प्रहरी आफैले सार्वजनिक गर्यो, त्यो व्यवहारिक मानिँदैन ।