surkhet

सभामुख सापकोटाविरूद्ध शितल निवासअगाडि प्रदर्शन गर्ने १२ मानवअधिकारवादी पक्राउ,

surkhet

माघ १३ ,काठमान्डौ – सभामुखमा निर्वाचित भएका अग्नि सापकोटाविरूद्ध राष्ट्रपति कार्यालय शितल निवास अगाडि प्रदर्शन गर्न पुगेका मानवअधिकारवादीहरू पक्राउ परेका छन्।

आज सभामुख अग्नि सापकोटाले विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिईरहेक बेला मानवअधिकारवादीहरू शितल निवासअगाडि प्रदर्शन गर्न पुगेका थिए।

Gorkha

अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटालाई सभामुख बनाइएको भन्दै मानवअधिकारवादीहरूले विरोध प्रदर्शन गरेका थिए ।

Dailekh

,सापकोटाविरूद्ध मुद्दा लडिरहेकी पूर्णिमाया लामालगायत १२ पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीले जानकारी दिए।

उनीहरूलाई निषेधित क्षेत्र तोडेकाले पक्राउ गरिएको उनले बताए।पक्राउ पर्नेहरूमा लामा, प्रसाईं, महामुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम, निरन्जन थपलिया, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण गजमेर,जेसिलिन राना प्रशान्त त्रिपाठी र राजन कुइँकेल छन्।

salyan