नेपाल आइडलको रेस्पेक्ट पफमेन्स अफ द विक’ सज्जा चौलागाईंलाई,
माघ १८ ,काठमान्डौ – फ्रेन्चाइज सिङगिङ रियालिटी सो नेपाल आइडल सिजन–३ को १४ औं श्रृखलामा रेस्पेक्ट पफमेन्स अफ द विक सज्जा चौलागाईंले प्राप्त गरेकी छिन् ।
गत हप्ता पनि यो टाइटल सज्जालाई नै हात परेको थियो उनले नगद २५ हजार रुपैयाँपनि प्राप्त गरेकी छिन ।
तेस्तै पफमेन्स अफ द डेमा किरण कुमार भुजेलले पाएका छन् भने २० हजार नगद पनि हात पारेका हुन् ।
ग्लामर मुभमेन्ट अफ द विक मुस्कान रानाभाटलाई प्राप्त भएको छ गत हप्ता पफर्मर अफ द डे केभिन तामाङले प्राप्त गरे थिए भने वर्जर ग्लामर मुभमेन्ट अफ द विक मेघा श्रेष्ठले प्राप्त गरेकी थिइन् ।
मेघा सिजन–३ मा एक मात्रै गेल्डेन माइक विजेता हुन् । गत हप्ताको प्रस्तुतीका आधारमा १३औं श्रृंखलाबाट यो हप्ता स्वस्तिका ढकाल बाहिरिएकी थिइन् ।
नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।
नेपाल आइडलमा १४ औं श्रृखंलामा आइपुग्दा ११ जना प्रतिस्पर्धी बाँकी छन् ११ औं श्रृंखलाबाट भोटिङ सुरु हुने छ ।