चितवनमा कोरोना भाईरसको असर होटेल व्यवसायी चलनै गारो ,

माघ १८ ,काठमान्डौ – चितवनमा कोरोना भाईरसको असरबाट पर्यटन व्यवसाय प्रभावित देखिएको व्यवसायीहरु बताउछन ,।

चितवन देशकै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा चिनिन्छ ।चितवनमा पर्यटक आउने क्रम कम देखिएको छ।

जसको असर कोरोना भाईरसको कारण मानिन्छ ।,चितवनमा चीन बाट मात्र नभई भारत देखि अन्य देशबाटपनि पर्यटक आउने गरेका छैनन् ।

,कोरोना भाइरस संक्रमणको असर चितवन सौराहामा परेको व्यवसायीहहरु बताउछन।

सौराहामा सबै भन्दा बढी चिनियाँ पर्यटक आउने गर्दछन सौराहामा दैनिक पाँच सय देखि माथि चिनियाँ पर्यटकहरु आउने गर्दछन ।

तर गत डिसेम्बरबाट अहिले सम्म चिनियाँ पर्यटकहरुको सौराहामा कमि आएको क्षेत्रिय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए।

गत वर्ष सम्म यो समयमा चितवनमा चिनियाँ पर्यटकहरु बढी आउने गरेका थिए ,।उनका अनुसार पर्यटक आउन ठप्प नभई कम भएको हो ।

,तेस्तै रसुवा नाकाबाट नेपाल भित्रिने चिनियाँ पर्यटकलाई रोक लगाईएको छ ।चीनमा अहिले कोरोना भाईरसको महामारी छ।

,चीनमा बाटो देखि सोफा ,टेबुल ,एम्बुलेनसमा पनि कोरोना भेटिएको चिनियाँ चिकित्सकले बताएका छन् ।

,कोरोनाबाट हाल सम्म चीनमा २१३ भन्दा बढीले ज्यान गुमईसकेका छन् ,भने दशौ हजार संक्रमित छन् ।

, चीनको वुहना कोरोना अहिले १८ देश भन्दा बढीमा फैलिसकेको छ जसमा नेपाल पनि पर्दछ।