मध्यरातमा सिन्धुपाल्चोक चौकी आक्रमण दुई जना घाईते ,
माघ २५ ,सिन्धुपाल्चोक- चौकी आक्रमण भन्दा सबैको मनमा जनयुद्द कालको सम्झना आउने गर्दछ ।
तेस्तै बेलामा कुन पक्षक कति मरे कति घाईते भए भन्ने लाग्थ्यो तर त्यो बेला चौकी आक्रमण गर्ने भनेको एनेकपा माओवादी हो र जवाफीमा नेपाल सरकारका सुरक्षाकर्मी हुन्थे ।
गयराती मध्यरातमा सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा अज्ञात समुहले आक्रमण गर्यो ।
आक्रमणमा परि प्रहरी सहायक निरिक्षक सन्तोष कुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन् ।
हवल्दार मगरलाई मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने असई झालाई थप उपचारको लागि काठमान्डौ ल्याईएको छ ।
रक्सि खाएर मोटरसाइकलमा हो हल्ला गर्दै आएका करिब एक दर्जनले समूहले आक्रमण गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख इन्सपेक्टर फलबहादुर तामाङले बताए ।
सो चौकी मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित छ ।
हो हल्ला गर्दै आएको समुहलाई हल्ला नगर्दा प्रहरीमाथि उक्त समुहले आक्रम गरेको तामाङले बताए ।
उनका अनुसार प्रहरीले पनि जवाफीमा ४ राउण्ड हवाई फाएर गरेको थियो तेस्पछि उनीहरु भागेका थिए ।
आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने दुई वटा मोटरसाकल पनि नियन्त्रणमा लिएको सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले बताए ।
पक्राउ पर्नेमा सुनखानीका सोम थिङ रहेका छन् ।घटना किन र कसरि गरियो भन्ने प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।