महिलाले महिलालाईनै नाङ्गो तस्वीर देखाएर आत्म हत्या गर्न बाध्य गराईन ,

फागुन १३ ,विराटनगर – महिलालाई नाङ्गो तस्विर देखाएर ब्ल्याकमेलिङ्ग गरिरहेका दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैचा ६ बस्ने १९ वर्षीया संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराई छन् ।

उनीहरुले मोरङको सुन्दरहरैचा नगरपालिका,५ बस्दै आईरहेको विवाहित महिला प्रीति तिम्सिना अधिकारीलाई आत्महत्या गर्न वाध्य गर्न लगाएको प्रहरी अनुसन्धानले बताएको छ ।

lekbesi

प्रीतीले ८ फागुनमा आत्महत्या गरेको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।प्रहरीले घटनास्थलमा मृतक प्रितीबाट सुसाईट नोट फेला पारेको थियो ।

सुसाइट नोटमा दुई वटा फेसबुक एकाउन्टबाट नग्न तस्वीर देखाएर आफूलाई ब्लाकमेलिङ गरेको उल्लेख गरिएको थियो ।

प्रहरीको अनुसन्धानमा ड्याजलिङ क्वीन र दीपा नाम गरेको फेसबुक आइडीबाट नग्न तस्वीर प्रीतिको म्यासेन्जरमा पठाईएको प्रहरीले फेला पारेको थियो ।

म्यासेन्जरमा पैसा नदिए तस्विर भाइरल बनाईदिने भन्दै डर देखाईएको थियो ।प्रहरीले उक्त आईडि चलाउने ब्याक्तिको खोजि गरिरहेको थियो र खोजीकार्य क्रममा ऋषिरामसम्म प्रहरी पुगेको थियो थियो ।

प्रहरीले अनुसन्धानका क्रममा भट्टराईले एक वर्षयता नग्न तस्वीर देखाएर पैसा असुल्दै आएको स्वीकार गरे । पैसा लिन भने उनले सञ्जितालाई प्रयोग गर्दै आएका थिए ।

भट्टराईले मागे जति पैसा नदिए प्रतिको नग्न तस्विर भाईरल बनाईदिने धम्कि दिएका थिए तर प्रिती संग पैसा थिएन र उनले आत्महत्या गर्नु परेको सुसाईट नोटमा लेखेकी थिइन् ।

प्रितिका श्रेमान विदेशमा छन् । मृतक र पक्राउ परेकाहरु बीच चिनजान भएको अनुन्सधान गरिरहेको प्रहरीले बताएको छ ।

सुसाइट नोटका आधारमा पक्राउ परेका दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी गरेका हुन् ।