surkhet

मदन भण्डारीको जिप दुर्घटनाको बिषयमा यस्तो बोलिन रास्ट्रपति बिध्यादेवी भण्डारीले ,,

surkhet

१६ चैत, मोरङ – मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सरकारले सत्यतथ्य बाहिर नआउनु दुःखद्
खबर भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । उर्लाबारी नगरपालिका-३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको मदन भण्डारी संग्रहालय’ को अपराह्न उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संग्रहालय उद्घाटन गर्दा विगतका घटना सम्झेर दुःख लागेपनि संग्रहालय निर्माण हुनु तीन करोडको लागतमा निर्मित संग्रहालय यही चैत १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिनेछ ।

Gorkha

राष्ट्रपति भण्डारीले राज्यस्तरबाटै यसको संरक्षण र प्रवद्र्धनको अपेक्षा आफूले गरेको स्पष्ट गरिन् । संग्रहालयले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने बताउँदै राष्ट्रपति भण्डारीले संग्रहालय वरिपरिको वातावरण पनि दर्शकमैत्री बनाउन आवश्यक रहेकामा जोड दिइन् ।

मदन भण्डारी संग्रहालय विद्वानका लागि एउटा स्रोतस्थल र सर्वसाधारणका लागि खुला पाठशाला हुनेछ’, राष्ट्रपति भण्डारीले भनिन् , यसको संरक्षण र सम्वद्र्धन गर्दै यसलाई सिंगो समाजको सामाजिक सम्पत्तिका रुपमा विकास गरिनुपर्छ । संग्रहालयमा संरक्षित वस्तुहरु मासिन र बिग्रन नदिन आवश्यक प्रबन्ध मिलाउनुपर्छ, यसका लागि रेखदेख र सञ्चालनमा संलग्न जनशक्तिलाई यथोचित तालीम दिनुपर्छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप अधिकारीले संग्रहालयले नयाँ पुस्तालाई मदन भण्डारीका बारेमा थप जिज्ञासु बनाउने पनि बताए ।

 

 

salyan