सपथ खान हेलिकोप्टर चार्टर

रंग दर्पण ७ माघ – प्रदेश ६ का प्रदेशसभा सदस्यहरु सपथग्रहण गर्न हिलिकोप्टर चार्टर गरेर सुर्खेत पुगेका छन् ।
प्रदेश प्रमुख दुर्गाकेशर खनाल र प्रदेशसभा सदस्यहरुसहित २७ जना नेपाली सेनाको हेलिकोप्टरमा अस्थायी मुकाम वीरेन्द्रनगर पुगेका हुन् ।
शनिबारका लागि प्लेन टिकट लिएका उनीहरु उडान नभएपछि आइतबार विहानै हेलिकोप्टर चार्टर गरेर वीरेन्द्रनगर पुगेका हुन् ।

समानुपातिकतर्फ सांसद बनेकाहरु प्रमाणपत्र ग्रहण गर्न काठमाडौंमा आएका थिए भने अन्य प्रदेश सदस्यहरु पनि काठमाडौं मै थिए ।
प्रदेश ६ मा ४० सदस्य रहेका छन् ।
प्रदेश ६ का सदस्यहरुको सपथग्रहण आज विहान ११ बजे जिल्ला समन्वय समितिको कार्यालय हुने जनाइएको छ ।
असलाई पनि पढ्नुस …………..

प्रदेश प्रमुखले सम्हाले पदभार, ज्येष्ठ सदस्य जनकले लिए सपथ
७ माघ, पोखरा । प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पदभार ग्रहण गरेका छन् । लगतै प्रदेशसभाका जेष्ठ सदस्यलार्इ सपथ गराएका छन् ।
सहिदचोकस्थित क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ । कार्यभार सम्हाल्न पुगेका कुँवरलार्इ नेपाली सेनाले सलामी दिएको थियो । सलामी ग्रहणपछि
प्रदेश प्रमुखको पदभार ग्रहण कार्यक्रममा सकारी कार्यालयका प्रमुख, प्रशानिक तथा सुरक्षा प्रमुख, मेयर, राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।
पदभार ग्रहणपछि प्रमुख कुँवरले ४ नम्बर प्रदेशलाई नमूना प्रदेश बनाउन भूमिका निर्वाह गर्ने बताए । ‘यो प्रदेशमा जलविद्युत र पर्यटनमा अथाह सम्भावना छ । मैले त्यो सम्भावना उजार गर्न अभिभावकीय भूमिका निर्वाह गर्नेछु’ प्रमुख कुँवरले भने, ‘मेरा कारणले विकास र समृद्धिमा कुनै जटिलता हुन दिने छैन ।’
प्रमुख कुँवरले संविधानले दिएको अधिकार प्रयोग गर्दै छिट्टै प्रदेश सभा गठन गरी बाटो फकाउँदै लैजाने बताए ।
