दुवै खुट्टा गुमाएका हरिबुढामगर यो बर्ष पनि सगरमाथा चढ्न नपाउने ,,

२३ चैत, काठमाडौं – सर्बोच्च अदालतले अपाङ्गलाई हिमाल चढ्ने बाटो खोलिदिएको भएपनि दुवै खुट्टा गुमाएका हरि बुढामगर यो वर्ष सगरमाथा नचढ्ने भएका छन् ।८वर्ष अघि नै अफगानिस्तानको युद्धमा दुवै खुट्टा गुमाएका बुढामगरले यो वर्ष सरकारको निर्णयका कारण आवश्यक तयारी गर्न नभ्याएको बताएका छन् । उनीजस्तै दुवै खुट्टा गुमाएका चिनियाँ नागरिक वर्षीय सिया बायु भने सगरमाथा चढ्न लागेको छन् ।

बुढागमगरले शरद ऋतुमासगरमाथा चढ्ने योजना बनाएका थिए । तर सरकारले गत डिसेम्बरमा पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को दफा ३ को उपदफा २ लाई संशोधन गरी दुई हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्नेलाई पनि आरोहण अनुमतिमा रोक लगाएको थियो । यो संगै उनको योजना तुहिएको थियो ।सर्बाेच्चले अन्तरिम आदेश जारी गर्दै पर्वतारोहण सम्बन्धी नियमावलीे खारेज गरेपछि दुवै खुट्टा गुमाएकालाई पनि सगरमाथा चढ्ने बाटो खुला भएको छ । तर, सगरमामाथा चढ्नका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न नभ्याएकाले उनले यो वर्षको आरोहण रद्द गरेका छन् ।

बेलायतबाट जानकारी गर्दै उनले भने ‘अदालतले अन्तरिम आदेश जारी गरेर हामीलाई सगरमाथा चढ्ने बाटो खोलेको छ, आशा छ यसले सदैव निरन्तरता पाउने छ ।बुढामगरले यो वर्ष नभयपनी अर्को वर्ष जसरि भयपनी सगरमाथा चड्ने बतायका छन् साथै आवश्यक बजेटको जोहो गर्न समेत सुरु गरेको उनले जानकारी दिए । उनले हिमाल चढेको बारेमा डकुमेन्ट्री बन्न लागेको पनि बताय ।अदालतको अन्तरिम आदेश ढिलो गरि आएका कारण अक्सीजन बुक गर्न नपाएको उनको भनाइ छ ।