प्रधानमन्त्री ओलीले भारतीय व्यापारीलाई भने नेपाल भर्जिन ल्याण्ड हो ढुक्क भयर लगानी गर्नुस ,,

चैत २३ ,नयाँ दिल्ली – प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको पहिलो दिन नै भारतीय उद्योगी व्यापारीहरुलाई सम्बोधन गर्दै जति सक्यो नेपालमा लगानी गर्न आग्रह गरेका छन् । दिल्लीस्थित होटेल ताज प्यालेसमा आयोजित कार्यक्रममा भारतीय लगानीकर्ताहरुलाई सम्बोधन गर्दै ओलीले नेपाल यौटा भर्जिन ल्याण्ड हो यस्तो हुँदा पनि लगानी गर्न पछि परे आफै पछुताउनु हुन्छ ओलीले भने , ओली दोस्रो पटक प्रधानमन्त्री बने पछि यो पहिलो पटक तिन दिने भारत भ्रमण हो उनले आज पहिलो दिनमै भारतीय उधोगी व्यापारीलाई नेपालमा लगानी गर्न अगाडी बढ्ने सल्हा दियका हुन्

हालै सकिएको निर्वाचनपछि स्थिर र दुई तिहाइ बहुमतसहितको बलियो सरकार बनिसकेको जानकारी दिँदै ओलीले अब नेपालमा कुनै खालको संक्रमणकाल नभएकाले ढुक्क हुन पनि आग्रह गरे ।निजी क्षेत्र र सरकारकाबीचको साझेदारीबाट देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने हाम्रो एकमात्र उद्धेश्य हो”हामीसँग अब देशलाई समृद्धिमा लैजाने बाहेक अर्को विकल्प छैन, ढुक्कले नेपालमा लगानी गर्नुस ।
नेपालका प्रधानमन्त्रीसँगको अन्तरक्रियाका क्रममा भारतीय व्यापारीहरुले जलविद्युत्मा लगानीको सम्भावना र अवसरबारे जिज्ञासा राखेका थिए । भारतीय व्यापारीहरुले नेपालमा लगानी गरेपछिका आर्थिक क्रियाकलापमा कर, करको दायरा, राजनीतिक अस्थिरता र अन्य समस्याबारे प्रधानमन्त्रीसँग प्रश्न राखेका थिए ।

भारतीय व्यापारीहरुलाई आश्वस्त पार्ने क्रममा ओलीले वाम गठबन्धनको सरकारले निजी उद्योग र कारखाना राष्ट्रियकरण गर्ने सोच नबनाएको प्रष्टोक्ति दिए । ‘हामी निजी उद्योग राष्ट्रियकरणको पक्षमा छैनौँ’, उनले भने, ‘देशकै निजी क्षेत्र र विदेशी लगानीकर्ताहरुलाई कुनै खालको भेदभाव नगरी लगानीको वातावरण बनाउँछौँ ।प्रधानमन्त्री ओलीले नेपालका विभिन्न पाँचवटा सहरहरु भारतीय रेलले जोडिन लागेको बताउँदै अन्य पूर्वाधार निर्माणले पनि अब तीब्र पाउने उल्लेख गरे । उनले जलविद्युत्का क्रस बोर्डर लाइनबाट पनि दुवै देश जोड्ने काम धमाधम भइरहेकाले अब बिजुली आदन प्रदान पनि सहज हुने बताए ।

भारतीय सहयोगमा माथिल्लो कर्णाली जलविद्युत् आयोजना बन्न लागेको जानकारी दिँदै ओलीले यसले दुई देशबीचको सहकार्य अझ मजबुत हुने उल्लेख पनि गरेका छन् । नेपालमा क्लिन इनर्जीसहितका क्षेत्रमा लगानिका लागि भारतीय पक्षलाई स्वागत गर्न आफू तयार रहेको बताए । ढुक्क भयर लगानी गर्न आउनुस हामि भय पछि तपाई हरुलाई कुनै अफ्टेरो पर्दैन हामीले सान्तिको वातावरण बनायक छौ । होटेल ताज मा अन्तरक्रियाको सुरुमै ओलीले जलविधुत अवस्था र यसमा लागानिको अवसर बारे प्रस्ट पार्न उर्जा सचिवलाई जानकारी गरेका छन्।