आईजीपी नियुक्तिका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापा संग परामर्स गर्दै ,,

२७ चैत, काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको लागि मन्त्रिपरिषद बैठक आज साँझ साँढे सात बजे बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेर यो कुराको टुंगो लगाईईने स्रोतले जनायको छ, र आईजीपी नियुक्ति गर्ने छ । बुधवारदेखि नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहवहादुर श्रेष्ठ ३० वर्षे अवधिका कारण अवकाश हुँदैछन् ।

प्रधानमन्त्री ओली ले माओबादि अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापा संग आईजीपी बारे छलफल र परामर्स गरेका छन् ।आज बिहान बसेको बैठकले साँझ सात बजे बैठक बसे पक्षि निर्णय गर्ने पनि बतायाको छ । नेपाल प्रहरीको आइजिपीका लागि सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की दौडमा छन् । डीआईजी बढुवाको वरियतामा खनाल एक नम्बरमा छन् भने खरेल दोस्रो नम्बरमा छन् ।

त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षकका लागि शैलेन्द्र खनाल र पुष्पराम केसी दौडमा छन् ।