Simta
Gurvakot
Gurvakot

जिल्लास्तरका २ दर्जन सरकारी कार्यालय आज देखि खारेज, ,

२८ चैत, काठमाडौं । जिल्लास्तरका करिब दुई दर्जन सरकारी कार्यालयहरु आजबाट खारेज भएका छन् । खारेजी हुनेमा कृषि, डिभिजन सहकारी, खानेपानी, वन, सिंचाइ, भूसंरक्षण, जनस्वास्थ्य, महिला विकास लगायत छन् । यसैगरी सेवाग्राहीको अत्यधिक चाप हुने मालपोत, नापी, भूमिसुधार कार्यालय पनि खारेज भएका छन् । अब यी कार्लायले गर्ने सम्पूर्ण काम स्थानिया मातहातमा रहेर काम हुने छन् यसको जिम्मा रहेको सबै काम चलअचल सबै सम्पत्ति स्थानीय तह मातहतमा आएको छ ।जिल्ला शिक्षा कार्यालय भने आगामी असारसम्म कायमै रहने छन् ।

Simta

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रुद्रसिंह तामाङका अनुसार खारेजीमा परेका कार्यालयहरुको चलअचल सम्पत्ति जिल्ला समन्वय समिति (जिसस) प्रमुखको संयोजकत्वमा गठित समितिमार्फत हस्तान्तरण हुनेछ । केही ‘हस्तान्तरण भइसके, केही अन्तिम चरणमा छन्, उनले भने ।

खारेजीमा परेका कार्यालयहरुको चलअचल सम्पत्ति र दायित्व हस्तान्तरण गर्न ७७ वटै जिल्लामा जिससको संयोजकत्वमा समिति बनाइएको छ । समितिमा विषयगत कार्यालयका प्रमुख, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख, जिल्ला प्रशासन कार्यालयका अधिकृत र जिल्ला समन्वय अधिकारी छन् ।

lekbesi