गाई काट्दै गर्दा दुई जना पक्राउ ,

बैशाख १६ बाँके – प्रहरीले बाँकेमा गाईकाटेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको नरैनापुर गाँउपालिकामा लकडाउनको मौका छोपी गाई काट्दै गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगतै ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले तेसतर्फ लागेका थिए । गाई काटेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको सिग्देलले जानकारी दिए ।

lekbesi

काटेको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनामा संलग्न भएको आरोपमा शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको र अन्य केही फरार भएको सिग्देलले जानकारी दिएका छन् ।

पक्राउ परेका ब्यक्तिको घरमा राखिएको मासु बरामद गरी परीक्षणका लागि नेपालगञ्ज प्रयोगशाला पठाईएको सिग्देलले बताएका छन् ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गरिरहेको बताएको छ ।