पार्टी एकता को लागि वाईसीएलले प्रचण्डलाई बुझायो पत्र , जनयुद्ध र समान हैसियतविना एकता हुँदैन ,,
२ वैशाख, काठमाडौं – एमाले माओवादी एकता नजिकै गर्दा नेकपा माओवादी केन्द्रका अध्क्षय प्रचण्ड लाई युवा संगठनले ध्यान आकर्षण गरेको छ । केन्द्रको युवा संगठन वाईसीएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द नराख्ने हो भने र केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियत नपाउने हो भने एमालेसँग पार्टी एकता नगर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ ।
फ्याक्सन इन्चार्ज मणि थापासहित को टिम अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर वाईसीएलले समान हैसियतमा एकता गर्न ध्यानाकर्षण गराएको हो ।वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जनयुद्धविना र बराबरी विनाको एकता नस्वीकार्न पार्टी अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको छ ।
‘जनयुद्ध र बराबर हैसियतमा सहमति हुन्छ भने वैशाख ९ गते नै एकता गरौं । सहमति हुँदैन भने एकता पनि हुँदैन । त्यस्तो एकता वाईसीएलले मान्दैन यसको लागि ध्यानआकर्षण होस् ।प्रचण्डले पनि वाईसीएलको धारणा आम माओवादी नेता-कार्यकर्ता र शुभेच्छुकहरुको पनि हो भन्दै समानताको आधारमा र सम्मानजनक नै एकता हुने बताएका थिए ।
वाईसीएल महासचिव सुवोध शेर्पालीका अनुसार एकीकृत पार्टीको अध्यक्ष दुईजना नराख्न पनि नेतृत्वको ध्यानाकर्षण गराइएको थियो । तर, त्यसलाई भने प्रचण्डले स्वीकार गरेनन् ।नयुद्ध शव्द र बराबरी हैसियतको कुरालाई पार्टी अध्यक्ष प्रचण्डले स्वीकार गरे पनि दुई अध्यक्षात्मक प्रणालीको विषयमा भने सहमति भइसकेकाले अब परिवर्तन गर्नु हुँदैन भन्नु भएको छ,’ वाईसीएल महासचिव सुवोध शेर्पालीले भने ।