suekhet
bheriad

नयाँ बसपार्कको भुमेश्वरी गेष्ट हाउसमा बोलाएर युवतीको हत्या गर्ने सल्यानका गोपाल शर्मालाई भारतमा पक्राउ गरि नेपालमा ल्याईयो केहि छिनमा शर्बजानिक गरिदै ,,

lekabesi

२ बैशाख, काठमाडौं – काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा युवती लिएर गएका युवकले नै उनको हत्या गरेको खुलेको छ । हत्या गर्ने सल्यानको शारदा गाउँपालिका–१ का गोपाल शर्मा पक्राउ परेका छन् ।उनले गत २२ चैतमा २२ वर्षीय रियाना अधिकारी ‘रिया’ को हत्या गरेका थिए । हत्या लगत्तै उनी भागेर भारत पुगेका थिए । उनलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले पक्राउ गरेर नेपाल ल्याएको हो ।उनको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव भेटिएको थियो । लगत्तै, महानगरीय प्रहरी प्रभाग, बसपार्क र महानगरीय अपराध महासाखाको टोली घटनास्थल पुगेको थियो ।

युवतीसँगै राति गेष्ट हाउसमा गएका शर्माले होटलको आगन्तुक पुस्तिकामा भने घर दाङ घोराही नगरपालिका–१, वर्ष २६ र नाम विकास वली लेखेका थिए ।उनीहरु राति गेष्ट हाउसको २ सय ३ नम्बरको कोठामा बसेका थिए । कोठामा गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा उनी मृत अवस्था भेटिएकी थिइन् ।घटना बारे विस्तृत विवरण सार्वजनिक गर्न काठमाडौं प्रहरी परिसरले दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।