चलचित्र ,चङ्गा, को पहिलो गीत कम्पनि माला सार्बजानिक ,,
वैसाख ४ , चलचित्र ‘चङ्गा’को पहिलो गीत ,कम्पनि माला ,रिलिज अभयाको छ । साथै गीत लगायत चलचित्रको प्रचारको सुरुवात गरिएको छ । चलचित्र चङ्गा आउदो जेठ २५ गते बाट हलमा प्रदशनको मिति तोकियको छ ।
माला बोलको गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ भने , राजनकै संगीत,र राजेन्द्र थापाको शब्द छ । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । रविन आचार्यको छायांकन रहेको चलचित्रमा निर्देशक भण्डारीकै कथा छ । प्रकु पाण्डे कार्यकारी निर्माता भयको चलचित्रमा रेश्मा तिमिल्सिनाको लगानी छ ।
चलचित्रलाई ‘डिट्ठा साब’को नामबाट परिचित कलाकार किशोर भण्डारीले निर्देशन गरेका हुन् । चलचित्रलाई पूर्ण रुपमा कमेडी स्वादमा तयार गरिएको छ ।चलचित्रमा बुद्दि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा, लक्की भण्डारी लगायतका कलाकारको अभिनय छ । चलचित्र जेठ २५ गते बाट देशै भरका हलमा प्रदर्शन हुने छ ।