(गजल ) दलितले हार्नुपर्ने प्रेम र जातको नाममा ,

कहिले सम्म हो आखिर दब्नुपर्ने जातको नाममा,
चोखो प्रेम गर्दा गर्दै मर्नु पर्ने जातको नामम।
जातियताको उन्मुक्तिमा बिगुल बजाउदै गर्दा,
अझ उल्टै दलितले हार्नुपर्ने जातको नाममा।
निर्मम हत्या गरि छाडेउ ढुङ्गा मुढा प्रहार गर्द,
भैई नभई राजनीतिकरण गर्नु पर्ने जातको नाममा।

गणतन्त्रामक देश नेपालको यहि होला उपलब्धि
आफै पीडित आफै पिडा सहनुपर्ने जातको नाममा।
बिस्व मानब सभ्यता एक्काईसौ शताब्दीना पुग्दा
अझैपनि जातिय भेदभाव हुनुपर्ने जातको नाममा।
धेरै बलिदान दिएर पनि कयौं दलित सहिद भ।
उपहारस्वरूप मृत्यु बाँकि रहनुपर्ने जातको नाममा।
आकाशचुम्नी रहरहरु भेरिमा बगेर जादा,
सहयोग र सदभाबका योद्धाहरु लगेर जाद।

प्रेमरुपी उपहार स्वरूप मृत्यु पाएर गयौ,
आमा म काफल खान जान्छु भन्दै ठगेर जाद।
हो बास्तब मै तिम्रो अन्त्य गर्ने योजना थियो त्यहा
के केस्तो हुन्थ्यो होला एकपटक सोचेर जाद।
नबु काले मलाई लिन आउ भनी बोलाउदा,
पक्कै तिम्ले त्यस्को रहस्री बुझेर जाद।
अनमोल फुल थियौ,एक सुन्दर बगैंचा को निम्ती,
सुबास बिहिन भैरहेको छ आज तिमि छुटेर जाद।
डम्बर विश्वकर्मा ( दृढ )
जाजरकोट बारेकोट गाँउपालिका ६,,
