surkhet

पर्यटन मन्त्री भट्टराईको सहभागी ‘जुम मिटिङ’मा सेक्सी भिडियो बजेपछि ,

surkhet

असार ८ ,काठमान्डौ – नेपाल पर्यटन बोर्डले कोरोनापछिको पर्यटकीय गतिविधि सञ्चालनका लागि तयार पारेको प्रोटोकलसम्बन्धी छलफल गर्न सोमबार ‘जुम मिटिङ’ आयोजना गरिरहेकोबेला मिटिङ्गमा पुर्ण भिडियोको आवाज आएको छ ।

दिउँसो १ बजे आयोजना गरिएको उक्त मिटिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका बेला जुमको इन्टरफेसमा एक्कासि पोर्न भिडिओ तथा पोर्न भिडिओ आउने साइट सेयर भएको थियो।

Gorkha

लगतै मन्त्रीले बोल्न छाडेका थिए र मिटिङ आयोजक पर्यटन बोर्डले सेसन अन्त्य गर्‍यो।

Dailekh

उक्त मिटिङमा २ सय भन्दा बढी सहभागी भएका थिए ,तर कुन अकाउन्टबाट कसरी भिडिओ सेयर भयो भन्ने विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डलाई निर्देशन दिइसकेको छ।

बोर्डका अध्यक्ष तथा मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बोर्डलाई छानबिन गर्न निर्देशन दिइएको जानकारी दिए। बोर्डले अहिले तेसैमा छानबिन गरिरहेको छ।

salyan