वामदेव गौतमले भने मलाई अन्याय भयो ,

असार १३ ,काठमान्डौ – नेकपा उपाध्यक्ष वामदेव गौतमले आफूमाथि अन्याय भएको बताएका छन्।

गौतमले स्थायी समितिको जारी बैठकमा बोल्दै महाकाली सन्धिमा गल्ती भएको र त्यो कुरा उठाउँदा आफूलाई कारबाही भएको हुनाले आफुलाई न्याय हुनुपर्ने बताएका हुन्।

गौतमले भने महाकाली सन्धि राष्ट्रका पक्षमा पक्षम छैन भन्दा मलाई कारबाही गरियो यो सन्धि अहिले आएर रास्ट्रघाती भयो भनें प्रमाणित भयो।

lekbesi

नेपाल भारतबीच २०५२ सालमा महाकाली सन्धि भएको थियो। जुन सन्धिलाई लिएर नेकपाभित्र आन्तरिक विवाद बढेर नेकपा एमाले विभाजन भएको थियो भने २०५४ फागुनमा महाकाली सन्धिकै कारण एमाले विभाजन भएर नेकपा माले गठन भएको थियो।

महाकाली सन्धिको पक्षम पार्टीका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल थिए ,सन्धिलाई राष्ट्रघाती भन्ने सिपी मैनाली, राधाकृष्ण मैनाली, सहाना प्रधान लगायतलाई तत्कालीन एमालेले कारबाही गरेको थियो।

एमाले फुटाएको दोष आज पनि मलाई गइरहेको छ। अहिले पनि मैले त्यो अपमान भोगिरहेको छु ,२५ वर्षपछि मैले उठाएको एजेन्डा सही भएको छ। अब मलाई न्याय चाहिन्छ गौतमले भने ।