विदेसीले नेपाललाई हस्तक्षेप गर्ने दिन गए नारायणकाजी श्रेष्ठ ,,

वैशाख,१५, गोरखा – माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले नेपालको आन्तरिक मामालिमा विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।

शनिबार गोरखा सदरमुकाममा पत्रकारहरुसँग कुरा गर्दै विदेशी हरुले अब कुनै पनि हालतमा जति ठुलो शक्ति लगायपनि हस्तक्षेप गर्न नसक्ने बयाताका छन् श्रेष्ठ पुर्व परराष्ट्रमन्त्री समेत हुन्

‘छिमेकी देशको प्रधानमन्त्री नेपाल आउँँदै हुनुहुन्छ, हामी हार्दिकतापूर्वक स्वागत गर्छाैं । भ्रमणले नेपाल भारत सम्बन्ध सुधार होस् भन्ने कामना गर्छौं’ श्रेष्ठले भने, तर, नेपालको आन्तरिक मामालिमा हस्तक्षेप स्वीकार गर्दैनौं ।

उनले पार्टी एकता हुन नदिन चलखेल हुन सक्ने भन्दै सचेत हुनु आवश्यक रहेको बताए । ‘राष्ट्रिय राजनिति र अन्य आन्तरिक मामिलामा विदेशी चलखेल स्वीकार गर्दैनौं भने पार्टी एकतामा चलखेल स्वीकार गर्ने त कुरै छैन’ उनले भने ।

माओवादी नेता श्रेष्ठले सहमति हुन बाँकी विषयहरुमा छलफल हुनलाई एकतामा समय लागेको बताए । उनले भने, ‘दुई ठूला पार्टी एकता सहज बिषय होइन, केही समय त लागिहाल्छ नि !’

दुई पार्टीका अध्यक्षहरुबीच छलफल चलिरहेको भन्दै उनले छिट्टै पार्टी एकता घोषणा हुने बताए । समानताको नीतिको आधारमा पार्टी एकता हुने उनको भनाइ छ ।

भारतले हिजो मात्र पनि नेपालि सीमामा लगायको भित्ताका तार बार जबर्जस्ति गरि हटायाको खबर आयको छ , यसको सबैले हार्दिकनिन्दा गरेका छन् दूइ देशको सम्बन्ध सुमुधुर हुन पर्नेमा झन् हस्तक्षेप भयको देख्दा दुख लागेको श्रेष्ठले बताय ।