म्याग्दी पहिरोमा ३२ जना बेपत्ता,घर पनि पहिरो संगै बग्यो ,

असार २६ ,म्याग्दी – लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीमा दर्जनौ घर पुरेको छ भने कति घर पहिरोले बगाएको छ।

धौलागिरि गाउँपालिका–६ मराङको रिखामा पहिरो जाँदा भीम जुग्जाली, धनबहादुर जुग्जालीको परिवारमा मात्र कम्तीमा ७ जना बेपत्ता भएको वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

बढी पहिरोले यातायात सम्पर विच्छेद भएपछि अहिले सम्म अझै कति क्षति ,क्षम्पर्क भयो भन्ने जानकारी हुन नसकेको उनले बताए।

निरन्तर वर्षा पहिरो गईरहेको हुनाले फसेका हरुको उद्धार पनि हुन सकेको छैन ।तेसै गरी मालिका गाउँपालिका,७ बिमको तल्लोगाउँ भारवाङमा पनि पहिरोमापरी सोमनाथ शर्मा पौडेलकी पत्नी विष्णु शर्मा (३५) र इच्छा पौडेल (५) सहित कम्तीमा ८ जना बेपत्ता भएका वडाध्यक्ष रेशम जुग्जालीले जानकारी गराए ।

बिमको पहिरोमा कम्तीमा ८ जना बेपत्ता भएको जानकारी आएको छ । मराङको घन्टवाङ र मालिकाको बिममा थुप्रै व्यक्ति बेपत्ता हुनुका साथै ३० जना भन्दा बढी फसिरहेको जानकारी पनि आएको छ।

बाढीका कारण गलेश्वरस्थित राघुघाट खोलाको बेलीब्रिज बगेको छ । रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला अब यातायात सम्पर्कबाट पूर्ण विच्छेद भएका छन् । पहिरोले पूरै बस्ती घेरिएकाले प्रहरी र स्थानीय उद्धारकर्तासमेत घटनास्थल पुग्न सकेका छैनन्।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार बेपत्ता र क्षतिको विवरण फोनको भरमा टिपेका छौं ।उद्धारका लागि गृहसँग हेलिकोप्टरको सहयोग मागेका छौं उनले भने। वर्षाले विभिनन जिल्लामा वितण्डा मच्चाईरहेको छ।