surkhet

च्युरा चपाएर नेकपा पार्टी बचाउने पुष्पलालको नाममा अहिलेका नेकपाको लुटतन्त्र ,

surkhet

साउन ७ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४२ औँ स्मृति दिवस परेको छ।

कोरोना महामारीका कारण,ब्रियाह्त कार्यक्रम नभएपनि स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ ।

२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने पुष्पलाल,सामाजिक,राजनैतिक परिवर्तनमा पुर्याएको योगदान सधैं स्मरणीय छ।

Dailekh

पुष्पलाल,भारत प्रवासमा चना-च्युरा खाएर पार्टी जोगाउने र स्वदेश फर्कनै नपाई प्राणोत्सर्ग गर्ने नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित नेता मानिन्छन।

रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उनको जन्म भएको थियो । पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुन् ।

Gorkha

पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता हुन् ।

उनले नेकपा स्थापना गर्दा घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो ।

यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो ।

तर अहिलेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले भने पुष्पलालको नाम लिने जनताको नाममा दमन गर्ने र लुटतन्त्र र फुटतन्त्र गर्ने गरेको पाईन्छ।

नेकपा भित्र अहिलेपनि आन्तरिक विवाद चुलीएको छ भने भ्रस्टाचार मौलाएको देखिन्छ।

salyan