surkhet

रुकुम घटनाका पिडित सुनिता सुनारलाई अमर क्षेत्रिले मासिक १२ हजारका दरले सहयोग गर्ने घोषणा ,

surkhet

साउन ,१० काठमान्डौ – रुकुम पश्चिम सोती ८ घटनामा ज्यान गुमाएका स्व टिकारामकि श्रीमती सुनिता सुनारलाई अमेरिकाबाट अमर क्षेत्रिले मासिक रुपमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

अमरले आजमात्र रु १२ हजार सुनितालाई सहयोग गरेका छन् भने उनले घटनामा ज्यान गुमाउने सबै पिडित हुन् तर आर्थिक भौतिक ढंगले सुनिता झनै पिडित देखेपछि आफुले मासिक रुपमा रु १२ हजार सहयोग गर्ने रंग दर्पणलाई बताए।

केहि महिना अगाडीमात्र अमरले ज्यान गुमाएका ६ घर परिवारलाई रु २५ हजार सहयोग गरेका थिए।

Dailekh

उक्त रकम दलित आत्मरक्षा अभियान र रंग दर्पणका रिपोर्टर सर्जन बिसीले पिडित परिवारलाई हस्तान्तरण गरेका हुन्।

आर्थिक हस्तान्तरण गर्दा सबै स्थानीय दलित आत्मरक्षा अभियान ,र रंग दर्पणका रिपोर्टले सबै भन्दा बढी पिडित को छ त भन्ने विषयमा छलफल भएको थियो।

Gorkha

उक्त विषयमा स्व टिकाराम विककि श्रीमती सुनिता सुनार अहिले जम्मा १८ वर्षको उमेरमा विधुवा हुनुपर्ने र उनको २ वर्षीय बालक पनि छन्।

तेस्तै उनि अहिले कक्षा ११ मा पढ्ने गरेकी छिन ,उनको आर्थिक ,भौतिक सबैपक्ष निम्न छ ,यो कुरा अमेरिकामा बस्ने अमर क्षेत्रिलाई रंग दर्पणले जानकारी गराएपछि उनले मासिक रुपमा १२ हजार सहयोग गर्ने जानकारी गरेका छन्।

अमरले भनेका छन् ज्यान गुमाउनेमा सबैलाई पिडा छ तर सुनिता झनै पिडामा भएको हुनाले मा मासिक आर्थिक सहयोग गर्ने छु जसले गर्दा उनलाई पढेर अगाडी बढेर केहि सानो तिनो जागिरमा अलागने प्रेरित होस्।

अमरले भनेका छन् सुनिताले जागिर खाएर आफ्नो खुट्टामा नउभिए सम्म मेरो यो सहयोग रहने छ।

अमरलाई सम्पूर्ण स्थानीय दलित आत्मरक्ष संस्था रंग दर्पणले हार्दिक सुभकामना ज्ञापन गरेको छ।

गत जेठ १० गते रुकुम पश्चिम सोती ८ मा जाजरकोटका ६ जना युवाले जातीयता र प्रेमका कारण ज्यान गुमाएका छन्।

salyan