कलाकार नन्दा बस्याल तीजमा नाच्दा नेटवर्क गएपछि फल्यास आउट ,

साउन १५ ,काठमान्डौ – महिलाहरुको हरितालिका तीज नजिकिएको त हो नि ,अब कलाकारको पालो भनेको नाच्ने र नचाउने।
हो छम – छम नाच हाम्री संगिनी बोलको तीज गितले बजारमा चर्चा कमाउन सफल भयो किन कि यो गीतले महिला दिदि बहिनीहरुको ध्यान केन्द्रित गरेको छ।
,आफनो वास्तविक संस्कृति परम्परालाई झल्काउने गरेको छ। तीजमा आएर दिदि बहिनि भेटघाटको सम्झना र तिर्खा मेटाउने यो गितमा संजु लम्सालले स्वर भरेकी हुन्।

गीत गायिका लम्साल र कलाकार नन्दा बस्यालले प्रस्तुत गरेका हुन्।नन्दा र लम्साल चर्चित हास्य टेलिश्रीङ्गखाला झ्याङ्कुटि झ्याइबाट संगै काम गर्दै आईरहेका छन्।
,गीतमा चर्चित संगीतकार बीबी अनुरागीको संगीत छ भने शब्द डा. कृष्ण हरि बरालले कोरोका हुन्।
गीतमा नन्दा बस्यालको छम छम्ति मर्केको कम्मरसंगै अन्य दिदि बहिनीको दमदार प्रस्तुति हेर्न सकिन्छ।

उमेश गुरुङको निर्देशन तथा कोरियोग्राफर रहेको गीतमा मधुर बस्नेतको छायांकन रहेको छ।
मेक बहादुर थापाको सम्पादन रहेको गितलाई काजोल म्युजिकले प्रस्तुति गरेको हो।
गित मोडल ,खेलाडी ,समाजसेवी झ्याईकुटी झ्याईकि कलाकार नन्दा बस्यालको अफिसियल युटुबबाट सार्वजनिक गरिएको छ।
नन्दा बस्याल उनलाई दर्शकले बहुप्रतिभाको धनि भनेर चिन्ने गर्दछन, उनले विभिन्न नायक नायिकासंग काम गरेकी छिन साथै नन्दाले आफ्नो तत्कालै अर्को प्रस्तुति रहेको गीत आउन लागेको पनि रंग दर्पणलाई जानकारी गराईन।
कलाकार नन्दा बस्यालले आफ्नो कला ,खेल प्रस्तुत गरेर स्वदेश देखि विदेशबाट थुप्रै गोल्डमेडल प्राप्त गरिसकेकी छिन भने हाल एसियन ताईकन्दो महिला कमिटिको सदस्यमा चयन भएकि छिन।
