एसईईको नतिजा एक सातामा ,

साउन १६ ,काठमान्डौ – राष्ट्रिय परीक्षा बोर्डले यही साताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ ।
७७ वटै जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको अंकको विवरण प्राप्त भइसकेको परीक्षा नियन्त्रण कार्यालय जनाएको छ।
यो वर्ष कोरोना महामारीका कारण विद्यार्थीले एसईईको परिक्षा दिन पाएका छैनन् ,बोर्डले आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गर्ने जनाएको थियो ।

कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइरहेको ।

अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भएपछि सार्वजनिक गर्छौं उनले भने,। केही जिल्लाको मात्रै रिजल्ट तयार पार्ने काम बाँकी रहेको र प्राविधिक कठिनाइ नआए यो साता भित्र नतिजा प्रकासित गर्छौ ,सकभर बुधबार सम्मम नतिजा प्रकासित गर्ने पनि उनले बताए।
विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षा (आन्तरिक मूल्यांकन) का आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो ।
नतिजा प्रकाशन गरेपछि परीक्षार्थीलाई बोर्डले नै ग्रेडसिट प्रदान गर्नेछ । यस पटक ४ लाख ८२ हजार परीक्षार्थीले एसईई दिने तयारि गरेका थिए ।
विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा एसईईका विद्यार्थीलाई प्रमाणपत्र दिने गरी बोर्डले कार्यविधि बनाएको छ ।
चैत ६ गतेबाट संचालनमा आउन लागेको एसई ५ गते कोरोनाका कारण स्थगित भएको थियो।
