प्रधानमन्त्री ओलीलाई वामदेवले भने म तपाईको गुटमा लाग्दिन ,

साउन २१ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि गुटमा नलाग्‍ने बताएका छन्।

बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रधानमन्त्री ओली सँगको भेटमा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका हुन् ।

पार्टीको समसामयिक विषयमा छलफल गरेपछि प्रचण्ड संग भेट गरेर गौतम प्रधानमन्त्री ओलीसंग भेट गरेका थिए, उनले आफु कुनै ठुलो- सानु गुटमा नरहेको बताएका थिए।

पछिल्लो समय वामदेव गौतम ओली समूहतिर लागेको भन्ने टिकाटिप्पणी भइरहेको बेला उनले प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत आफ्नो धारणा बाहिर ल्याएका हुन् ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै नेकपा उपाध्यक्ष गौतमले साउन १३ गते ६ बुँदे प्रस्ताव अगाडि सारेका थिए।