आज थप ३६० जना नँया कोरोना संक्रमित थपिए मृतकको संख्या ६५ पुग्यो ,
साउन २२ ,काठमान्डौ – आज थप ३६० जना नँया कोरोना संक्रमित थपिएका छन् ,यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ भने कोरोनाबाट मृतकको संख्या ६५ पुगेको छ।
हाल देशभर ६ हजार २ सय ९६ जना कोरोनाका सक्रिय बिरामीको उपचार भईरहेको छ भने पछिल्लो २४ घन्टामा ६ हजार ६२६ जनाको पीसीआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज थप काठमान्डौमा २ र रौतहटका १ जना रेडजोनमा परेका छन् ,भने रेडजोनमा पर्ने हरुको संख्या ५४७ छ।
पछिल्लो २४ घन्टामा २३३ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १५३८९ पुगेको छ। तेस्तै देशका विभिन्न क्वारेईनटिनमा ९ हजार ४७० जना रहेका छन्।