Gold

एसिड पछि हुन थाल्यो ‘थिनर’ आक्रमण ,

Naumule Migrate

साउन २३ ,काठमान्डौ – काठमाडौंको बौद्ध चुच्चेपाटीमा एक ब्याक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेका छन् ।

घरायसी विवादका कारण उनले थिनर प्रयोग गरेको र प्रहरीले नियन्त्रणमा लिएको बौद्ध प्रहरीले जनाएको छ। बिस्ट थरका उनि हेटौडाका हुन्।

बाहिर हल्ला भने चुच्चेपाटीमा एसीड आक्रमण भएको भनेपनि एसिड नभई थिनर रहेको प्रहरीले जनाएको छ।

थिनर एक केमिकल हो जसलाई काठमा वा घरमा लगाउने रंगलाई पातलो बनाउन वा कुनै दागलाई हटाउन प्रयोग गरिन्छ ।

थिनर आक्रमणबाट श्रीमती सामान्य घाईते छिन भने छोरीको आँखामा थिनर परेको हुनाले तिलगंगा आँखा अस्पतालमा उपचार भईरहेको काठमान्डौ प्रहरी श्रोतले जनाएको छ।

Naumule Badhipahiro